logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • स्वास्थ्य जोखिम बढेपछि केपी ओली अस्पताल भर्ना, मुटुको परीक्षण जारी

    स्वास्थ्य जोखिम बढेपछि केपी ओली अस्पताल भर्ना, मुटुको परीक्षण जारी

    949
    SHARES
    स्वास्थ्य जोखिम बढेपछि केपी ओली अस्पताल भर्ना, मुटुको परीक्षण जारी

    काठमाण्डौ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।



    दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो ।

     

     

    यसअघि मृगौला प्रत्यारोपणपछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको थियो । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेष्ट पेन र पाल्पिटेशन’ भएको रिपोर्ट आएको छ । ओलीलाई इसीजी मनिटर जोडेर त्यसमा मुटुको चालको थप अनुगमन भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

     

     

    मिर्गौला सम्बन्धी चिकित्सकले पनि ओलीको स्वास्थ्यको अनुगमन गरिरहेका छन् । आज शनिवार परेकाले अदालतमा म्याद थपका लागि आइतवारमात्र लैजाने र त्यसअघि महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने प्रहरीको तयारी थियो ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार