logo

२०८३ बैशाख १९, शनिबार

logo
  • २०८३ बैशाख १९, शनिबार
  • ट्रम्पले भने- म इरानको तेल कब्जा गर्न चाहन्छु

    ट्रम्पले भने- म इरानको तेल कब्जा गर्न चाहन्छु

    572
    SHARES
    ट्रम्पले भने- म इरानको तेल कब्जा गर्न चाहन्छु

    काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल कब्जा गर्न चाहेको बताएका छन्। फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उनले यसका लागि इरानको अधिकांश तेल निर्यात हुने टापु खार्ग पनि नियन्त्रणमा लिन सकिने बताएका छन्।



    फाइनान्सियल टाइम्समा आइतबार ट्रम्पले भनेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा मेरो मनपर्ने काम इरानको तेल लिनु हो। तर अमेरिकाका केही मानिस भन्छन्- तपाईं किन यस्तो गर्दै हुनुहुन्छ? तिनीहरू मूर्ख हुन्।’

    यस क्रममा उनले खार्ग टापु कब्जा गर्नुपर्ने अवस्था पनि आउन सक्ने संकेत गरे। उनले भनेका छन्, ‘हामीले खार्ग टापु कब्जा गर्नुपर्ने पनि हुन सक्छ अथवा यसो गरिरहन नपर्ने पनि हुन सक्छ। हामीसँग धेरै विकल्प छन्। यसको अर्थ हामी केही समय त्यहाँ बस्नुपर्ने पनि हुन सक्छ।’

    इरानसँग कुनै विशेष सुरक्षा व्यवस्था नभएको दाबी गर्दै ट्रम्पले खार्ग द्वीप सजिलै कब्जा गर्न सकिने जिकिर पनि गरे। मध्यपूर्वमा थप ३ हजार ५०० अमेरिकी सेना पुगेका बेला ट्रम्पले इरानको तेल कब्जा गर्ने कुरा गरेका हुन्।

    त्यसो त ट्रम्पले पाकिस्तानमार्फत अमेरिका र इरानबिच जारी अप्रत्यक्ष वार्तामा प्रगति भइरहेको पनि बताएका छन्। तर उनले युद्धविराम सम्झौता कहिले हुन्छ भन्ने विषयमा प्रतिक्रिया दिन अस्वीकार गरे।

    उनले यत्ति भने, ‘चाँडै सम्झौता हुन सक्छ।’ एक महिनादेखि जारी इरान युद्धका कारण तेलको मूल्य बढेको छ। एक महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढी बढेको छ।

    आज सोमबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११६ अमेरिकी डलर पुगेको छ।

    फेब्रुअरी २८ मा इजरायल-अमेरिकाले इरानमा आक्रमण गर्नुअघि कच्चा तेलको मूल्य प्रति ब्यारेल ७२ अमेरिकी डलर आसपास थियो।


    अर्थ चाैतारी
  • सोमबार, १६ चैत्र २०८२
  • सम्बन्धित समाचार