काठमाण्डौ । मुग्लिन-नागढुंगा सडक खण्डको स्तरोन्नति कार्यका लागि आगामी चैत १७ गतेदेखि १९ गतेसम्म रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिर लगायतका जोखिमपूर्ण स्थानहरूमा सडक सुधारको काम गर्नुपर्ने भएकाले तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
सडक आयोजनाका अनुसार, दिउँसोको समयमा सवारी साधनको चाप अत्यधिक हुने र काम गर्न कठिन हुने भएकाले रातिको समय छनोट गरिएको हो।
यस अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरूलाई रोक लगाइनेछ।
अर्थ चाैतारी ।