logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज नियुक्त

    हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज नियुक्त

    429
    SHARES
    हिमालयन लाइफको अध्यक्षमा नारायण बजाज नियुक्त

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन्।



    कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले बजाजलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले उनलाई लक्ष्मी कर्प नेपालका तर्फबाट सञ्चालक समितिमा रिक्त संस्थापक समूहबाट सदस्यमा चयन गर्दै अध्यक्षमा नियुक्त गरेको छ।

    यसअघि हिमालयन लाइफको अध्यक्षमा शुभल अग्रवाल रहेका थिए। उनले व्यक्तिगत कारण उल्लेख गर्दै चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए। बाँकी कार्यकालका लागि बजाजलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो।

    सम्पत्ति शुद्धीकरण मामिलामा अग्रवाल हाल प्रहरी हिरासतमा छन्।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट