logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • राष्ट्र बैंकले बैंक–वित्तबाट २५ अर्ब निक्षेप उठाउने

    राष्ट्र बैंकले बैंक–वित्तबाट २५ अर्ब निक्षेप उठाउने

    351
    SHARES
    राष्ट्र बैंकले बैंक–वित्तबाट २५ अर्ब निक्षेप उठाउने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक–वित्तबाट २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ। बुधबार केन्द्रीय बैंकले २५ अर्ब निक्षेप संकलनका लागि आह्वान गरेको हो।



    दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीबाट उठाउन लागिएको २५ अर्बको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

    यसको सावाँ र ब्याज आगामी जेठ २० गते भुक्तान गरिने राष्ट्र बैंकले जनाएको छ। यसमा घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने जनाइएको छ।

    उक्त रकम बैंक तथा वित्तहरुले धितोको रुपमा प्रयोग गर्न पाउनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, २५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट