logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आईपीओमा नयाँ नियम, आवेदन दिएका कम्पनीको वित्तीय विवरण विशेषज्ञबाट जाँचबुझ हुने

    आईपीओमा नयाँ नियम, आवेदन दिएका कम्पनीको वित्तीय विवरण विशेषज्ञबाट जाँचबुझ हुने

    364
    SHARES
    आईपीओमा नयाँ नियम, आवेदन दिएका कम्पनीको वित्तीय विवरण विशेषज्ञबाट जाँचबुझ हुने

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘प्रारम्भिक सार्वजनिक निष्काशनको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२’ जारी गरेको छ । धितोपत्र बोर्डको चैत्र १३ गते बसेको संचालक समितिको बैठकले मापदण्ड पारित गरेको हो।



    बोर्डका अनुसार सो मापदण्ड २०८३ वैशाख १ गतेदेखि लागु हुने छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० मा उल्लेखित बोर्डको विशेषाधिकार अन्तर्गत उपदफा (१) को खण्ड (च) मा धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने व्यवस्था रहेको छ।

    उक्त व्यवस्था बमोजिम बोर्डमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि आवेदन गरेका संगठित संस्थाको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदनलाई अवश्यकता अनुरूप पुनरावलोकन गरी पारदर्शिता कायम गर्न निश्चित सुचक आवश्यक भएकोले बोर्डबाट मापदण्ड तयार गरी लागू गरेको बोर्डले जनाएको छ।

    मापदण्ड अनुसार बोर्डले आवेदन दिएका कम्पनीको वित्तीय विवरण विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गर्ने छ । बोर्डले विशेषज्ञको योग्यता पनि तोकेको छ ।

    विशेषज्ञ व्यक्ति नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाको पेशागत प्रमाणपत्र प्राप्त गरी कम्तीमा १० वर्षको अनुभव रहेको चार्टर्ड एकाउन्टेन्ट वा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट फरेन्सिक अकाउन्टिङ्ग एण्ड फ्रड डिटेक्सन (Forensic Accounting and Fraud Detection (FAFD)) परीक्षा उत्तीर्ण गरेको र नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाको पेशागत प्रमाणपत्र प्राप्त गरी कम्तीमा ५ वर्षको अनुभव भएको चार्टर्ड एकाउन्टेन्ट हुनु पर्ने छ । लेखा विशेषज्ञ कम्तीमा साझेदारी फर्मको साझेदार भएको हुनुपर्ने छ। विगत तीन वर्ष देखि सम्बन्धित संगठित संस्थासँग कुनै पनि लेखापरीक्षण वा अन्य वित्तीय परामर्श सेवा प्राप्त नभएको हुनुपर्ने छ । लेखा विशेषज्ञले आफू सम्बन्धित संगठित संस्था र धितोपत्र निष्काशन वा विक्री प्रबन्धकसँग स्वार्थको द्वन्द (Conflict of Interest) हुने कुनै किसिमको सम्बन्ध नरहेको स्वःघोषण गर्नुपर्ने पर्ने छ।

    यस्तो छ मापदण्ड

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट