logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • धितोपत्र बोर्डले ब्रोकर ५५ भृकुटीलाई पठायो निलम्बन पत्र, लगानीकर्तालाई ५ अर्ब बढी तिर्न बाँकी

    धितोपत्र बोर्डले ब्रोकर ५५ भृकुटीलाई पठायो निलम्बन पत्र, लगानीकर्तालाई ५ अर्ब बढी तिर्न बाँकी

    182
    SHARES
    धितोपत्र बोर्डले ब्रोकर ५५ भृकुटीलाई पठायो निलम्बन पत्र, लगानीकर्तालाई ५ अर्ब बढी तिर्न बाँकी

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा. लिलाई निलम्बन गरिएको औपचरिक जानकारी दिएको छ । बोर्डक ओचैत्र २३ गते बसेको संचालक समितिको बैठकले सो ब्रोकर कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन सम्बन्धी अनुमतिपत्र तत्काल निलम्बन गरेको हो ।



    अब कम्पनीले शेयर कारोबार गर्न पाउने छैन । तर कम्पनीले धितोपत्र सम्बन्धी कानूनी व्यवस्थाको पालना गरी लगानीकर्तालाई दिनुपर्ने रकम फछ्र्यौट गर्न भने सक्ने छ । त्यस्तै उक्त संस्थाबाट कारोवार गरिरहेका लगानीकर्ताले निलम्बन अवधिभर अन्य धितोपत्र दलाल व्यवसायीबाट कारोवार गर्न चाहेमा प्राविधिक लगायत अन्य कार्यमा अविलम्व ब्रोकरले आवश्यक व्यवस्था गर्नु पर्ने छ।

    सो ब्रोकरले ग्राहकहरुको शेयर खरिद बिक्री तथा कोल्याट्रल (धितो) वापतको रकम अन्य ग्राहकको कारोवार राफसाफ गर्न प्रयोग गरेको, कानूनी व्यवस्थाको पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम दिने कार्य गरेको , अग्रिम रकम ( कम्तीमा २५ प्रतिशत ) नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको लगायतका कारणले लाईसेन्स निलम्बन गरिएको बोर्डले जनाएको छ ।

    बोर्डका अनुसार २०२६ मार्च २६ सम्ममा ब्रोकरले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम ५ अर्ब ११ करोडभन्दा बढी रहेको छ । उधारोमा धितोपत्र खरिद गर्न सुविधा दिई लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा धितोपत्र जम्मा गरिदिने कार्यबाट धितोपत्रको मूल्यमा प्रभाव पर्न सक्ने र पूँजी बजारमा प्रतिकुल असर पर्न सक्ने तथा तत्काल निलम्बन नगरी काम गरिरहन दिदा लगानीकर्ताहरुलाई नोक्सानी हुने सम्भावना देखिएकोले लाईसेन्स निलम्बन गरिएको बोर्डले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २६ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट