logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पूर्व श्रममन्त्री साहकी पत्नीलाई बीमा बोर्डको बैठकमा निम्त्याएको भन्दै दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग

    पूर्व श्रममन्त्री साहकी पत्नीलाई बीमा बोर्डको बैठकमा निम्त्याएको भन्दै दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग

    468
    SHARES
    पूर्व श्रममन्त्री साहकी पत्नीलाई बीमा बोर्डको बैठकमा निम्त्याएको भन्दै दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग

    काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको सदस्य पुनर्बहालीसँगको विवादमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई उच्च अधिकारीसँग स्पष्टीकरण मागेको छ।



    मन्त्रालयले बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटालाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

    बीमा बोर्डका सदस्य जुनु श्रेष्ठको सदस्यता निष्कृय भइसकेपनि बैठकमा सहभागि गराएको, निर्णय पुस्तिकामा हस्ताक्षर गराएको विषयमा सञ्चारमाध्यममा आएका विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले स्पष्टीकरण मागेको हो। पत्रमा जुनु श्रेष्ठको सदस्यता बहाली सम्बन्धित निर्णयमा उनीहरूको संलग्नता र संलग्नतामा प्रकृया के थियो भन्नेबारे स्पष्ट विवरण पेश गर्न निर्देशन दिइएको छ।

    साबिकको निर्णय पुस्तिकामा श्रेष्ठको हस्ताक्षर भएकोमा पुनः अर्को निर्णय पुस्तिका तयार पारेर श्रेष्ठको हस्ताक्षर बिना अर्को निर्णय पुस्तिका(माइन्युट) तयार पारेको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।

    लगातार चार पटक बैठकमा अनुपस्थित भएपछि बीमा बोर्डकी सदस्य श्रेष्ठको सदस्यता स्वतः निष्क्रिय भएको थियो। तर, उनलाई तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक शाहको दबाबमा स्वास्थ्य मन्त्रीले पुनः बैठकमा सहभागी गराएको विषय प्रकाशमा आएको थियो। पत्नीलाई बोर्डमा पुनः प्रवेश गराएको अारोपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पदीय अाचरण विपरितको काम गरेको भन्दै मन्त्री साहलाइ मन्त्री पदको जिम्मेवारीबाट फिर्ता बोलाइसकेको छ।

    बोर्डमा पुनः नियुक्ति दिएकी स्वास्थ्य मन्त्री निशा मेहतालाई भने सचेत गराउँदै सरकारले मन्त्री पदमा यथावत राखेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट