काठमाण्डौ । इरानसँग २१ घण्टासम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आफ्नो वार्ता टोलीसहित अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार बिहान पाकिस्तान छाडेका छन्।
अमेरिका फर्कनुअघि भान्सले पाकिस्तानको राजधानी इस्लामाबादमा पत्रकार सम्मेलन गरी इरानसँग सहमति हुन नसकेको जानकारी गराएका थिए।
उनले भनेका थिए,‘सम्झौता हुन नसक्नु अमेरिकाको लागि भन्दा इरानका लागि नराम्रो खबर हो। अब हामी सम्झौताबिनै फर्किंदै छौँ।’
उपराष्ट्रपति भान्सले अमेरिकाको सर्त इरानले नमानेको बताए।
उनले भने, ‘सम्झौताका लागि इरानले आणविक हतियार विकास नगर्ने वाचा गर्नुपर्ने हुन्छ।’
अर्थ चाैतारी ।