काठमाण्डौ । नेकपा (एमाले) नेतृत्वको सरकारले अघि सारेको गौरवको कूटनीतिक पहल ‘सगरमाथा संवाद’लाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले निरन्तरता दिएको छ ।
सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा नेपाललाई विश्वमञ्चमा जलवायु परिवर्तन र हिमालयको मुद्दामा नेतृत्वदायी भूमिका दिलाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रममार्फत अघि बढाउन खोजेको हो ।
प्रतिबद्धतापत्रको बुँदा नम्बर १४ मा सगरमाथा संवादलाई निरन्तरता दिने स्पष्ट उल्लेख नेकपा एमालेको चुनावी घोषणापत्रमा ‘सगरमाथा संवाद’लाई आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय प्रभाव विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरिएको थियो ।
के हो सगरमाथा संवाद ?
सगरमाथा संवाद नेपाल सरकारद्वारा सन् २०१९ मा घोषणा गरिएको एक बहुपक्षीय विश्वव्यापी संवाद मञ्च हो। यो अवधारणा अन्तर्गत जलवायु परिवर्तनमा केन्द्रित भई विश्वव्यापी मञ्चमा हिमाली कूटनीतिलाई अघि बढाइनेछ।
जलवायु परिवर्तनले विशेष गरी हिमाली क्षेत्रमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउनु यसको मुख्य उद्देश्य हो। यसमा विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, वातावरणविद्, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएर छलफल गराइन्छ।
यसको पहिलो संस्करण गत जेठमा सम्पन्न भइसकेको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने सरकारको प्रतिबद्धतापत्रमा उल्लेख छ।
अर्थ चाैतारी ।