काठमाण्डौ । चीनको इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले अष्ट्रेलियामा छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिलसहित उपस्थिति मजबुत बनाएको छ । कम्पनीले अष्ट्रेलियामा प्रवेश गरेको साढे तीन वर्षभित्र १ लाख गाडी बिक्री गर्न सफल भएको हो ।
अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बढ्दो माग, इन्धनको मूल्यवृद्धि र उपभोक्ताहरूमा वैकल्पिक ऊर्जा तर्फको आकर्षणका कारण BYD ले छिटो बजार विस्तार गर्न सकेको हो । कम्पनीका इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड मोडेलहरू सस्तो मूल्य, आधुनिक प्रविधि र डिजाइनका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।
बीवाईडीले अष्ट्रेलियामा प्रवेश गरेयता आफ्ना उत्पादनहरू निरन्तर विस्तार गर्दै आएको छ, जसले प्रतिस्पर्धी बजारमा उसको उपस्थिति बलियो बनाएको छ । पछिल्ला वर्षहरूमा अष्ट्रेलियाको अटोमोबाइल बजारमा विद्युतीय सवारीको हिस्सा उल्लेखनीय रूपमा बढ्दै गएको सन्दर्भमा द्यथ्म् को यो उपलब्धिलाई महत्वपूर्ण मानिएको कारएक्सपर्टले उल्लेख गरेको छ ।
यस उपलब्धिसँगै कम्पनीले अष्ट्रेलियामा आफ्नो आपूर्ति र बिक्री सञ्जाल अझ विस्तार गर्ने संकेत दिएको छ, जसले आगामी दिनमा विद्युतीय सवारी बजारमा बीवाईडीको उपस्थिति झन बलियो बन्ने अनुमान गरिएको छ ।
अर्थ चाैतारी ।