logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • काठमाण्डौ–ढाका नियमित उडान गर्ने तयारी

    काठमाण्डौ–ढाका नियमित उडान गर्ने तयारी

    273
    SHARES
    काठमाण्डौ–ढाका नियमित उडान गर्ने तयारी

    काठमाण्डौ । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाण्डौदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।



    निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवम् वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए ।

    बङ्गलादेशबाट हाल काठमाण्डौमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुन सकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।

    त्यसैगरी निगमले काठमाण्डौ–दिल्ली–काठमाण्डौ हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाण्डौ–दिल्ली–काठमाण्डौ साताको १० उडान भइरहेको छ ।

    कार्गो व्यवसायलाई थप सुदृढ एवम् उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट