काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले चैत्र ९ गतेदेखि चैत्र २९ गतेसम्म आयोजना प्रभावित ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले स्थानीयलाई ९ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।
आईपीओ बाँडफाँड हुँदा अति प्रभाविततर्फका स्थानीयले अधिकतम ९७० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा ९३० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १००० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ९६० कित्ता शेयर पाएका छन् । ति मध्येबाट २१० जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।
त्यस्तै प्रभावित समूहतर्फ भने लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् । यस समूहमा १७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १८० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान १७० कित्ता शेयर पाएका छन् । ति मध्येबाट ११६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । अब कम्पनीले आम लगानीकर्तालाई शेयर निष्काशन गर्ने छ। यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।
अर्थ चाैतारी ।