logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

    कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

    221
    SHARES
    कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

    काठमाण्डौ । कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ । सोमबारबाट सुरु हुने परीक्षामा देशभरीबाट ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।



    बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदैछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् ।

    परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माका अनुसार गतवर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएकोमा यसवर्ष संख्या घटेको हो छ । यस वर्ष १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षार्थीहरु परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि नै केन्द्रमा पुगिसक्नुपर्नेछ । परीक्षा बैशाख २७ गते सकिने छ ।

    पहिलो दिन बैशाख १४ गते अनिवार्य अंग्रेजी, १५ गते अनिवार्य नेपाली, १७ गते सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा र त्यसपछि ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

    बोर्डले तोकेको परीक्षण केन्द्रमा उत्तरपुस्तिका जाँच हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट