logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

    थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

    741
    SHARES
    थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।



    आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।

    ती अधिकृतले भने, ‘त्यसबारे छलफल भएको छ, काठमाण्डौका प्रमुख जिल्ला अधिकारीसँग यसबारे थप छलफल हुन्छ।’

    बालेन काठमाण्डौ महानगरको मेयर हुँदा पनि काठमाण्डौको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट