काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङको फेसबुक पेज फिर्ता आएको छ । बुधबार राति उनको ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नाम गरेको पेज फेसबुकमा देखिएको छ ।
१४ लाखभन्दा बढीले पछ्याएको उनको पेजमा ६ दिनअगाडि पोस्ट भएको देखिएको छ ।
सरकारले पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ भनी उल्लेख गरेपछि साम्पाङले व्यंग्य गर्दै ‘यलम्बर सडक’ नाम राख्नुपर्ने यही पेजमार्फत अभिव्यक्ति दिएका थिए । त्यसपछि फेसबुकबाट यो पेज हटेको थियो । एकैपटक धेरै प्रयोगकर्ताले रिपोर्ट गरेपछि उनको पेज मेटाले ‘सस्पेन्ड’ गरेको थियो ।
अर्थ चाैतारी ।