logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • स्थानीय तहका १६ हाकिमलाई हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको तीन दिने अल्टिमेटम

    स्थानीय तहका १६ हाकिमलाई हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको तीन दिने अल्टिमेटम

    390
    SHARES
    स्थानीय तहका १६ हाकिमलाई हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको तीन दिने अल्टिमेटम

    काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरुवा भए पनि हालसम्म कार्यक्षेत्रमा नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र हाजिर हुन अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ।



    मन्त्रालयले २०८२ भदौदेखि २०८२ माघ महिनासम्मको अवधिमा विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा सरुवा गरिएका उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरूलाई हालसम्म रमाना नलिएको भन्दै तत्काल कार्यक्षेत्रमा जान निर्देशन दिएको हो।

    मन्त्रालयले मिति २०८३ वैशाख १० मा पत्राचार गर्दै तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिई तोकिएको निकायमा कामकाज गर्न जान भनेको छ। सरुवा भएको लामो समय बितिसक्दा समेत कर्मचारीहरूले अटेर गरी साबिककै कार्यालयमा बसिरहेपछि मन्त्रालयले यो कडा कदम चालेको हो।

    तोकिएको समयभित्र हाजिर नहुने कर्मचारीहरूलाई ’निजामती सेवा नियमावली, २०५०’ को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही गरिने चेतावनी समेत दिइएको छ। मन्त्रालयले कर्मचारीहरूमा देखिएको सरुवा अटेर गर्ने र साबिककै कार्यालयमा बसिरहने विकृति रोक्न यो निर्णय लिइएको जनाएको छ।

    आगामी दिनमा समेत अवधि पुगेर पनि हाजिर हुन नजाने कर्मचारीहरू उपर कडा कानुनी कारबाही चलाइने मन्त्रालयको व्यहोरामा उल्लेख छ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट