logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ओप्पो ए ६ एक्स नेपाली बजारमा सार्वजनिक, मूल्य ३२ हजार ५ सय मात्रै

    ओप्पो ए ६ एक्स नेपाली बजारमा सार्वजनिक, मूल्य ३२ हजार ५ सय मात्रै

    247
    SHARES
    ओप्पो ए ६ एक्स नेपाली बजारमा सार्वजनिक, मूल्य ३२ हजार ५ सय मात्रै

    काठमाण्डौ । ओप्पो ए६एक्स स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस फोनको मूल्य ३२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।



    यस मोबाइल किन्दा ग्राहकले विभिन्न सुविधा पाउने अफर समेत कम्पनीले सञ्चालन गरेको छ । जसअन्तर्गत ग्राहकहरूले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा सहितको ग्यारेन्टी पाउनेछन । यस अफर आगामी असार १० सम्म लागू हुने कम्पनीले जनाएको छ । साथै पहिलो ३०० जना खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

    यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ । भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएको कम्पनीले जनाएको छ ।

    ६ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरुमा यो मोबाइल फोन बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ ।

    टिकाउपनलाई ध्यानमा राख्दै यसमा आईपी६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ । ‘स्प्ल्यास टच’ सुविधाका कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ भने ग्लोभ टच सुविधाले पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ ।

    ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रुपमा हुने धेरै कार्य र सामान्य प्रयोगका लागि प्रभावकारी अनुभव दिन्छ । यसमा यूएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ ।

    कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्ता–मैत्री अनुभव प्रदान गर्छ । यसमा आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षण जस्ता अतिरिक्त सुविधाहरू पनि समावेश छन् । फोनमा ६५०० एमएएच् क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग पुर्‍याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ, जसमार्फत अन्य उपकरणहरू चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट