logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • ट्रम्प सहभागी कार्यक्रममा गोली चल्याे

    ट्रम्प सहभागी कार्यक्रममा गोली चल्याे

    468
    SHARES
    ट्रम्प सहभागी कार्यक्रममा गोली चल्याे

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक कार्यक्रम स्थलमा गोली चलेको आवाज सुनिएको छ । सो घटनापछि ट्रम्पलाई सुरक्षित स्थानमा सारिएको छ ।



    एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । उनको परिचय पनि खुलेको छैन । बीबीसीका अनुसार गोली चलेको आवाज सुनिएलगत्तै सुरक्षाकर्मीहरुले राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कार्यक्रमस्थलको स्टेजबाट अन्तै लगेका थिए ।

    उनीहरू बाहिरिएपछि काउन्टर असल्ट टिम (सीएटी)का हतियारधारी सुरक्षाकर्मीहरू स्टेजमा उभिएर हलको पछाडितर्फ लक्षित गर्दै बन्दुक तेर्स्याएका थिए । सीबीएसका अनुसार त्यसको केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतारहतार सुरक्षित स्थानतर्फ लगेको देखिएको थियो ।

    त्यस क्रममा कार्यक्रममा सहभागी केही व्यक्तिहरुहरू भुइँमा घोप्टो परेको देखिएको थियो भने कुर्सीहरु पनि ढलेका थिए । त्यसबेला सुरक्षाकर्मीहरू टेबल र खाली कुर्सी नाघ्दै अघि बढेका थिए । केहीबेर विथोलिएको कार्यक्रम अहिले भने सुरु भएको बीबीसीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट