logo

२०८३ बैशाख १४, सोमबार

logo
  • २०८३ बैशाख १४, सोमबार
  • ‘भीआईपी’हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध, सर्वोच्चद्वारा खारेज

    ‘भीआईपी’हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध, सर्वोच्चद्वारा खारेज

    195
    SHARES
    ‘भीआईपी’हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध, सर्वोच्चद्वारा खारेज

    काठमाण्डौ । सर्वोच्च अदालतले सरकारी खर्चमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहितका ‘भीआईपी’ हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध रहेको ठहरसहित खारेज गरिदिएको छ ।



    अधिवक्ताद्वय राधिका चम्लागाई र भद्रप्रसाद नेपालले २०८० वैशाख २० गते विदेशमा गराउने उपचार खर्च अवैध रहेका दाबीसहित रिट दिएका थिए । रिटमा ‘भीआईपी’ ले विदेशमा गराएको उपचारबापत पाउनेगरी कार्यविधिमा रहेको सुविधा नेपालको संविधानको धारा ३५ सँग बाझिएको दाबी गरिएको थियो ।

    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान संलग्न संवैधानिक इजलासबाट विदेशमा गरिने उपचार खर्च ‘अमान्य’ घोषित गरेको हो । पहुँचवालालाई विशेष सरकारी सुविधा दिँदा नागरिक बिचमा असमानता भएको भन्दै विरोधसमेत हुँदै आएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, १४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट