logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १८.३० रुपैयाँ

    माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १८.३० रुपैयाँ

    559
    SHARES
    माछापुच्छ्रे बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १८.३० रुपैयाँ

    काठमाण्डौ । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/३ को तेस्रो त्रैमासमा खुद नाफा ५०.४३ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।



    चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशत बढेर ४ अर्ब ३९ करोड ८३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ७ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशत बढेर ६ अर्ब ९ करोड ३० लाख २१ हजार रुपैयाँ र सञ्चालन नाफा १६.६४ प्रतिशत बढेर २ अर्ब ४० करोड १ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

    चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ८ करोड६२ लाख ११ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड १६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

    चालु आवको चैत मसान्तसम्म बैंकको निक्षेप १५.९६ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख २२ हजार रुपैयाँ र कर्जा १२.५७ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब २१ करोड १२ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा १.७६ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर १.२२ प्रतिशतमा झरेको छ ।

    बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर १८.३० रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १२.१६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.१० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.७७ गुणा छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट