logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

    नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

    507
    SHARES
    नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन सम्बन्धी छलफल ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

    काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।



    ‘रोड शो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

    उक्त अन्तरक्रियाले संस्थागत लगानीकर्ताहरुमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे स्पष्ट बुझाइ दिन सफल भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलले ‘रोड शो’ कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो । सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए ।

    यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । यसले पारदर्शी, बजार–आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

    बुक–बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य शिल बन्द खाममा ५ कार्य दिनभित्र अर्थात् वि.सं. २०८३ साल वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने ब्यवस्था रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट