logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • यो वर्ष मनसुनजन्य विपदका कारण देशभर ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने

    यो वर्ष मनसुनजन्य विपदका कारण देशभर ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने

    65
    SHARES
    यो वर्ष मनसुनजन्य विपदका कारण देशभर ५१ हजारभन्दा बढी घरधुरी प्रभावित हुने

    काठमाण्डौ । सरकारले यो वर्ष वर्षातको माैसममा देशभर ५१ हजार भन्दा बढी घरधुरी प्रभावित हुने आंकलन गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबार सम्पन्न ३४ औं बैठकले स्वीकृत गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस्तो जानकारी समावेश गरिएको छ। यस वर्ष मनसुनजन्य विपद्‍बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ।



    बैठकपछि आयोजित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले भने, माैसम पूर्वानुमान र पूर्व कार्यमा लगानी गर्दा प्रतिकार्यमा लगानी घट्ने र विपदपछिको पीडा कम गर्न सकिने भएकाले सरकारले पूर्वानुमान र पूर्वकार्यलाइ प्राथमिकता दिन लागेको हो ।

    भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री माननीय सुनिल लम्सालको अध्यक्षतामा बसेको बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ।

    बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। यसैगरी ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदाहरुमा संशोधन सहित स्वीकृत गरेको छ।

    यसैगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी जिम्मेवार निकाय र मुख्य-मुख्य जिम्मेवारी उल्लेख गरिएको छ। कार्य योजनामा मनसुन पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक पर्ने सम्पर्क व्यक्तिहरु र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट