logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • जन्मदिनमा एरिकाले पाइन् जीवन बीमा पोलिसी उपहार

    जन्मदिनमा एरिकाले पाइन् जीवन बीमा पोलिसी उपहार

    91
    SHARES
    जन्मदिनमा एरिकाले पाइन् जीवन बीमा पोलिसी उपहार

    काठमाण्डौ । देवदह नगरपालिका वडा नं. ९ निवासी देवि ढकालले आफ्नी प्यारी छोरी एरिका ढकालको जन्मदिनको अवसरलाई अझ विशेष र सम्झनायोग्य बनाउँदै ५ लाख रुपैयाँ बराबरको १५ वर्षे “बाल भविष्य योजना” जीवन बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।



    हाल एरिकाका आमा बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको अवस्थामा पनि छोरीको भविष्य सुरक्षित बनाउने सोचसहित गरिएको यो योजना परिवारको जिम्मेवारी, माया र दूरदर्शी सोचको उत्कृष्ट उदाहरण बनेको छ। यस विशेष अवसरमा शाखा प्रमुख तथा सिटिजन लिडर मिना घिमिरेको समेत गरिमामय उपस्थिती रहेको थियो। कार्यक्रममा उपस्थित सम्पूर्णले यस्तो सकारात्मक र भविष्यमुखी कार्यको प्रशंसा गर्दै बालबालिकाको भविष्य सुरक्षित गर्न जीवन बीमाको महत्वबारे चर्चा गरेका थिए ।

    “बाल भविष्य योजना” अन्तर्गत गरिएको यस बीमाले एरिकाको भविष्यमा शिक्षा, स्वास्थ्य तथा विभिन्न आवश्यकताका लागि आर्थिक सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ। सानो उमेरदेखि नै भविष्यको योजना बनाउने संस्कारले बालबालिकाको जीवनलाई थप सुरक्षित र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

    आजको सानो बचत र सही योजनाले भोलिको ठूलो सपना पूरा गर्न सहयोग गर्ने भएकाले जीवन बीमा केवल एउटा कागजी प्रक्रिया नभई परिवारको सुरक्षा, भरोसा र भविष्यप्रतिको जिम्मेवारी पनि हो।

    यस अवसरमा एरिका ढकाललाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै उज्ज्वल, सफल र सुखद भविष्यको कामना गरिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट