logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • अमृत झा रिहा भएको खबर गलत, मुद्दा इरानी अदालतमा विचाराधीन

    अमृत झा रिहा भएको खबर गलत, मुद्दा इरानी अदालतमा विचाराधीन

    104
    SHARES
    अमृत झा रिहा भएको खबर गलत, मुद्दा इरानी अदालतमा विचाराधीन

    काठमाण्डौ । इरानको कुशम टापुमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै रिहा नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। उनलाई हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा राखिएको छ।



    परराष्ट्र मन्त्रालयका अनुसार झालाई सन् २०२६ जनवरीको सुरुवाततिर कुशम टापुबाट अन्य छ जना विदेशी नागरिकसँगै इरानी सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो। यो घटना अमेरिका–इजरायल र इरानबीच द्वन्द्व सुरु हुनुअघि भएको हो।

    १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सुल शाहराम शान्तियाइले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको भन्दै जानकारी दिएका थिए। सोही सूचनाका आधारमा प्रारम्भिक रूपमा रिहा भएको भनी सार्वजनिक गरिएको थियो।

    तर पछि प्राप्त थप जानकारीअनुसार झा रिहा नभएको र उनको मुद्दा इरानी अदालतमा विचाराधीन रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ। अदालतले हाल विशेषज्ञ प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ।

    परराष्ट्र मन्त्रालयले गलत सूचना सार्वजनिक हुँदा सिर्जना भएको अन्योलप्रति क्षमा माग्दै वास्तविक अवस्था स्पष्ट पारेको छ। साथै, झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक प्रयास निरन्तर जारी रहेको जनाएको छ।

    झा परिवारलाई सबै पछिल्ला जानकारीहरू दिइसकिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट