काठमाण्डौ । नेकपा नेता एवं सांसद वर्षमान पुनले सम्पत्ति छानबिनमा केही वर्तमान र केही पूर्वपदाधिकारीहरूलाई उन्मुक्ति दिइएको बताएका छन्।
आज (सोमबार) सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले सम्पत्ति छानबिनको क्षेत्राधिकारहरूमा उनीहरूलाई उन्मुक्ति दिइएको बताएका हुन्।
‘स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन गर्नुपर्नेमा कार्यकारी प्रमुख मातहतमै राखिनु र यसको क्षेत्राधिकारहरूमा केही वर्तमान र केही पूर्वपदाधिकारीलाई उन्मुक्ति दिइएको छ,’ उनले भने, ‘यसबाट सरकार छनौटपूर्ण (सेलेक्टिभ) सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ।’
अर्थ चाैतारी ।