logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • समस्याग्रस्त सहकारीका थप १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

    समस्याग्रस्त सहकारीका थप १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

    468
    SHARES
    समस्याग्रस्त सहकारीका थप १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

    काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त पाँच वटा* सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।



    समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुद्देश्यीय सहकारीलगायत पाँच वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक भएको हो । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ ।

    साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले ऋणीहरूले कार्यालयमा यथाशीघ्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ । समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । ऋणीहरूको नाम यस प्रकार रहेको छ ।

    Skip to PDF content


    अर्थ चाैतारी
  • सोमबार, ११ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट