logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • शेयर बजारमा २२ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २६ करोड

    शेयर बजारमा २२ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २६ करोड

    390
    SHARES
    शेयर बजारमा २२ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २६ करोड

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२ दशमलव २१ अंकले बढेर २,७७७ को विन्दुमा कायम भएको छ । आज १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३४६ कम्पनीको १ करोड १३ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १३ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८५ का इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

     

    यो दिन बजारमा १८४ कम्पनीको शेयरभाउ बढ्दा ७७ कम्पनीको शेयरभाउ घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

    बजारमा आज ५ अर्ब २६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।

    उच्च कारोबार भएका १० कम्पनी

    • आँखुखोला जलविद्युतः ४६ करोड ७६ लाख रुपैयाँ
    • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ७८ लाख रुपैयाँ
    • रिडी पावरः २६ करोड ५ लाख रुपैयाँ
    • सेन्ट्रल फाइनान्सः २२ करोड २९ लाख रुपैयाँ
    • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ३५ लाख रुपैयाँ
    • शिवम सिमेन्टः १२ करोड २ लाख रुपैयाँ
    • अपी पावरः ११ करोड ३५ लाख रुपैयाँ
    • रिलायन्स स्पिनिङ मिल्सः ११ करोड ९ लाख रुपैयाँ
    • एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड १३ लाख रुपैयाँ
    • सोल हाइड्रोपावरः ९ करोड १ लाख रुपैयाँ

     


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट