logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • कार्यक्षेत्र थप गर्दै सालपा विकास बैंक, साधारणसभा आह्वान

    कार्यक्षेत्र थप गर्दै सालपा विकास बैंक, साधारणसभा आह्वान

    377
    SHARES
    कार्यक्षेत्र थप गर्दै सालपा विकास बैंक, साधारणसभा आह्वान

    काठमाण्डौ । सालपा विकास बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते साधारणसभा आह्वान गरेको हो।



    साधारणसभाको विशेष प्रस्तावमा बैंकको हालको कार्यक्षेत्र बाहेक थप ४ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पेश हुने छन्। यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नुपरेमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छ।

    वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने नियमित प्रस्तावसंगै कम्पनीको सभामा नयाँ संचालक समिति चयन गर्ने पस्ताव पनि पेश हुने छ। सभामा संचालक समितिको सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि पेश हुने छ।

    कम्पनीले साधारणसभाको लागि असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

     


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट