logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो

    सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो

    208
    SHARES
    सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।



    जेठ २३ गते आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ वडा नम्बर–१ मा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले देशव्यापी रूपमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्दै कोशीमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० बिरुवा रोपिएको जनाएको छ ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नम्बर–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनसहित कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको बताए ।

    बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ ।

    सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गर्नुका साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ प्लेटफर्म तथा फ्रिलान्सर लक्षित बचत खाता समेत सुरु गरेको छ ।

    बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट