logo

२०८३ जेष्ठ २५, सोमबार

logo
  • २०८३ जेष्ठ २५, सोमबार
  • कजारिया रमेश टायल्सको नयाँ शोरुम चितवनको रत्ननगरमा

    कजारिया रमेश टायल्सको नयाँ शोरुम चितवनको रत्ननगरमा

    130
    SHARES
    कजारिया रमेश टायल्सको नयाँ शोरुम चितवनको रत्ननगरमा

    चितवन । २०८३ जेठ २५ गते – कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउनेछ ।



    हिजो जेठ २४ गते आइतबारका दिन दिउँसो १ः०० बजे आधिकारिक रूपमा उद्घाटन गरिएको यस शुभारम्भ समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो । उक्त अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई हार्दिक स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए ।

    ग्राहक–मैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पु¥याउनेछ ।

    उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको हाम्रो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो । चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् र आफ्नो निर्माण तथा सजावटका योजनाहरूलाई सफलतापूर्वक साकार पार्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

    यो शोरुम अहिले पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र यसले रत्ननगर–१० तथा वरपरका क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई शोरुममा पाल्नुभई नयाँ कलेक्सनहरू अवलोकन गर्न हार्दिक निमन्त्रणा गर्दछ ।
    कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता र प्रतिष्ठित NS Quality Award २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको छ ।

    ३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ । हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०X१२० से.मी., ६०X६० से.मी., ४०X४० से.मी. (८ मि.मी.), र १९.५X१२० से.मी.), सेरामिक वाल टायल्स (३०X६० से.मी. र ३०X४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०X४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट