काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६ को अवसर पारेर ‘वल्ड कप टु वल्ड कप’ अफर सार्वजनिक गरेको छ ।
हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सवस्वरूप ल्याइएको उक्त अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता, जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आएको छ । यही अवधारणालाई नेपालमा विस्तार गर्दै ल्याइएको यस अफरले ग्राहकहरूलाई दीर्घकालीन स्वामित्व लाभ प्रदान गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
अफरअन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, चयनित मोडलहरूमा ४ लाख रुपैयाँसम्मको नगद छुट तथा ४४ हजार ४४४ रुपैयाँसम्मको विशेष ‘वल्ड कप बोनस’ प्राप्त गर्न सक्नेछन् । यसका साथै १ वर्षको विस्तृत बीमा सुविधा र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको व्यवस्था समेत गरिएको छ ।
कम्पनीका अनुसार यस अभियानले ग्राहक सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको प्रतिबद्धता झल्काउँछ । साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध गराइने भएकाले ग्राहकले दीर्घकालीन ढुक्कता पाउने विश्वास लिइएको छ ।
नेपालभर फैलिएको बिक्री तथा सेवा सञ्जालमार्फत हुन्डाईले विश्वसनीयता, नवीनता र प्रगतिशील गतिशीलतामा आधारित सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
हुन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई नजिकैको शोरुममा गई सीमित अवधिको यस ‘वल्ड कप टु वल्ड कप’ अफरको लाभ लिन आग्रह गरेको छ ।
अर्थ चाैतारी ।