logo

२०८३ जेष्ठ २७, बुधबार

logo
  • २०८३ जेष्ठ २७, बुधबार
  • कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

    कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

    507
    SHARES
    कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

    काठमाण्डौ । कक्षा १२ को नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।



    राष्ट्रिय परीक्षा बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम सकिएको छ। नतिजा सकेसम्म छिटो प्रकाशन गर्ने उद्देश्यले बिदाका दिनमा समेत बिहान र बेलुका काम भइरहेको बोर्डले जनाएको छ।

    विद्यार्थीहरूको प्राप्तांक इन्ट्री तथा म्याचिङ गर्ने कार्य हाल जारी छ।

    यस वर्ष देशभरका ४८ वटा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो। सबै प्रक्रिया निर्धारित समयमै सम्पन्न हुने भएकाले कक्षा १२ को नतिजा असार १० गतेभित्र प्रकाशन हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट