logo

२०८३ असार ३०, मंगलबार

logo
  • २०८३ असार ३०, मंगलबार
  • अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    806
    SHARES
    अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमको कर्जा अन्तरबैंक कारोबारमा गणना नहुने

    काठमाण्डौ । वैदेशिक दातृ निकायको सहयोगमा सञ्चालित नेपाल सरकारका कार्यक्रमहरू कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरू बीच हुने कर्जा कारोबारलाई ‘अन्तरबैंक सापटी’ मा गणना नहुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।



    राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार, अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सञ्चालित सरकारी कार्यक्रमका लागि इजाजतपत्रप्राप्त संस्थाहरू बीच हुने कर्जा प्रवाहलाई नियमित अन्तरबैंक कारोबारको दायराबाट बाहिर राखिएको हो ।
    यस विशेष व्यवस्था अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको पूर्ण विवरण भने अनिवार्य रूपमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा बुझाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

    राष्ट्र बैंकले सामान्य अन्तरबैंक कारोबारको हकमा भने कडाइ गरेको छ । अन्य साधारण सापटीको हकमा इजाजतपत्रप्राप्त संस्थाहरूले एकआपसमा प्रदान गर्ने रकमलाई नियमित कर्जा सापटीको रूपमा नभई अन्तरबैंक कारोबारकै रूपमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ । यस्तो साधारण अन्तरबैंक सापटीको अवधि बढीमा ७ दिनसम्म मात्र हुने व्यवस्था छ ।


    अर्थ चाैतारी
  • बुधबार, २७ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट