logo

२०८३ जेष्ठ २९, शुक्रबार

logo
  • २०८३ जेष्ठ २९, शुक्रबार
  • मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने

    मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने

    221
    SHARES
    मालवाहक सवारीको ब्लु बुकमा अब भारवहन क्षमता अनिवार्य खुलाउनुपर्ने

    काठमाण्डौ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनहरूको ब्लु बुक (सवारी दर्ता किताब) मा भारवहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्न देशभरका यातायात व्यवस्था कार्यालयहरूलाई निर्देशन दिएको छ । विगतमा ब्लु बुकमा ‘कुल वजन’ मात्र लेखिँदा सवारीको वास्तविक भारवहन क्षमता (लोड बोक्ने क्षमता) का सम्बन्धमा अन्योल देखिएकाले विभागले यस्तो स्पष्ट निर्देशन जारी गरेको हो ।



    विभागले जारी गरेको परिपत्र अनुसार अबदेखि मालवाहक सवारीको भारवहन क्षमता तोक्दा अधिकतम सीमा रिजिट ट्रकले अधिकतम ३५ टनसम्म र ट्रेलर वा सेमि ट्रेलरका लागि अधिकतम ४९ टनसम्म कायम गर्नुपर्ने उल्लेख छ ।

    यातायात व्यवस्था ऐन, २०४९ को दफा १६ को उपदफा ३ र ‘मालवाहक सवारी साधनहरूको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४’ बमोजिम यो निर्णय गरिएको विभागले जनाएको छ । निर्देशिका अनुसार प्रति एक्सल टन, ट्यान्डम र ट्रिडमको भारवहन क्षमता जोडेर कुल अनुमति योग्य भार निकालिनेछ ।

    विभागका अनुसार ब्लु बुकमा स्पष्ट रूपमा भारवहन क्षमता उल्लेख नहुँदा सडकमा ट्राफिक प्रहरी र सवारी धनीबिच विवाद हुने गरेको र प्राविधिक रूपमा पनि भारवहन नियमनमा समस्या परेको थियो । अब नयाँ जारी हुने ब्लु बुकमा मात्र नभई यसअघि जारी भइसकेका ब्लु बुकहरूमा समेत नवीकरण वा अन्य प्रक्रियाका क्रममा भारवहन क्षमता स्पष्ट खुलाउन विभागले निर्देशन दिएको छ ।

    विभागले सातै प्रदेशका सबै यातायात व्यवस्था मन्त्रालय तथा कार्यालयहरूलाई यो नियम तत्काल कार्यान्वयन गर्न पत्राचार गरेको छ ।

    720523793_994347363335703_205783320323099830_n


    अर्थ चाैतारी
  • शुक्रबार, २९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट