काठमाण्डौ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट बेगानी निर्विरोध निर्वाचित भएका हुन् ।
१५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष बेगानीले जानकारी दिए । बेगानीका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रत्यम उपाध्यक्षमा निभारत्न शाक्य, द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध भएका छन् ।
महासचिवमा प्रवीण शाक्य सचिवमा विकाश जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित निर्वाचित भएका छन् ।
अर्थ चाैतारी ।