logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

    प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

    611
    SHARES
    प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

    काठमाण्डौ । गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो ।



    चारवटै अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए ।

    गत वैशाखमा संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । वैशाख २८ गते संसद् अधिवेशन सुरु भएको पहिलो दिन ती अध्यादेश प्रतिनिधिसभा पेस भएका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट