logo

२०८३ असार ५, शुक्रबार

logo
  • २०८३ असार ५, शुक्रबार
  • नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ५३ करोड माथि

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ५३ करोड माथि

    442
    SHARES
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ५३ करोड माथि

    काठमाण्डौ । आज साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेर २,७०२ को विन्दुमा कायम भएको छ । आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३५३ कम्पनीको १ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई डिबेञ्चर २०८६ ८७ को ३३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई डिबेञ्चर २०८४ ८५ को ३२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ९ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै बुङगल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४५ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट