logo

२०८३ असार २५, विहिबार

logo
  • २०८३ असार २५, विहिबार
  • ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा

    195
    SHARES
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा

    काठमाण्डौ । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनका लागि दुई समूहबिच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार २७ गते हुन लागेको उक्त निर्वाचनका लागि पूर्वउपाध्यक्षद्वय राजुमान डङ्गोल र प्रश्रय राजभण्डारी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो ।



    दुवै समूहले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन् । कार्यसमिति सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष हुनुभएका अध्यक्षका प्रत्यासी डङ्गोल समूहको प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल र कोषाध्यक्षमा किन्चु लामा भुटिया (श्रेष्ठ) उम्मेदवार रहेका छन् ।

    कार्यसमिति सदस्यमा सुरेन्द्र डङ्गाेल, कृष्णबहादुर सेढाईं, विश्वमान प्रधान, सानुकाजी महर्जन, बालकृष्ण खनाल, चन्द्रा तामाङ, रोशन प्रधान श्रेष्ठ र लिजा मानन्धर रहेका छन् ।

    राजभण्डारी समूहको प्रथम उपाध्यक्षमा श्रीकृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्ष रमेश श्रेष्ठ, महासचिव पुन्यराम लागेजु, सचिव प्रकाश थपलिया र कोषाध्यक्षमा रोशन अधिकारीले उम्मेदवारी दिएका छन् ।

    त्यसैगरी सदस्यमा कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पूर्णिमा मालाकार, लालबाबु चौधरी, गोविन्दकुमार श्रेष्ठ, मीरा अधिकारी र सोम बानियाँ उम्मेदवार रहेका छन् । एक हजार ३०० बढी व्यवसायी तथा घरधनी आवद्ध रहेको परिषद्को ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचन असार २७ गते शनिबार नयाँबजारस्थित मल्टी भेन्यूमा हुँदैछ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट