logo

२०८३ असार ७, आइतबार

logo
  • २०८३ असार ७, आइतबार
  • भुटानमा आधाभन्दा बढी संख्या पशुपालन सहकारीको, बचत ऋणको हिस्सा ६ प्रतिशत मात्र

    भुटानमा आधाभन्दा बढी संख्या पशुपालन सहकारीको, बचत ऋणको हिस्सा ६ प्रतिशत मात्र

    221
    SHARES
    भुटानमा आधाभन्दा बढी संख्या पशुपालन सहकारीको, बचत ऋणको हिस्सा ६ प्रतिशत मात्र

    काठमाण्डौ । भुटानको कृषि तथा पशुपालन मन्त्रालय मातहतहको कृषि बजारीकरण र सहकारी विभागकी सहायक आर्थिक विकास र बजारीकरण अधिकृत युगेन छोमोले भुटानको कृषि तथा पशुपालनको क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएकी छिन्। उनले भुटानमा सहकारीले कृषकहरुलाई एकजुट बनाएर ब्यापारिक संस्थाकोरुपमा काम गर्ने क्षमता अभिबृद्धि गर्नुका साथै छरिएर रहेको उत्पादन, कमसल सौदाबाजी शक्ति र सीमित बजारको जस्ता समस्यासंग जुध्नका लागि सामथ्र्यवान बनाएको बताएकी हुन्।



    राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग सहकार्य गरेर आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन –२०२६’मा प्रस्तुतिकरण दिँदै उनले विभागले सहकारीको दर्ता र प्रवद्र्धनका साथै सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि उचित कानुनी ढाँचा तय गर्ने काम गरिरहेको जनाएकी हुन्।

    सन् २०१० को नोभेम्बर १० मा पहिलो सहकारी संस्था दर्ता भएर सुरु भएको सहकारी अभियानमा अहिले विभिन्न प्रकृतिका १ सय ६१ ओटा सहकारी संचालनमा रहेको जानकारी गराईन। ‘तपाईंहरुलाई सहकारीको संख्या हेर्दा थोरै जस्तो लाग्यो होला,’ उनले भनिन्, ‘तर जम्मा ८ लाख जनसंख्या भएको भुटानमा नेपालको तुलनामा थोरै सहकारी हुनु स्वभाविक हो।’

    उनका अनुसार भुटानमा ७ सय ५६ ओटा कृषक समूह समेत सहकारीसंगै क्रियाशील रहेका छन्। यीनमा १७ हजार ३ हजार ३४ जना कृषकहरु आवद्ध बनेका छन्। जसमा ४७ दशमलव ४२ प्रतिशत संख्या महिलाको रहेको छ। भुटानमा १७ ओटा सहकारी पूर्णरुपमा महिला सदस्यहरुले संचाल गर्दै आएका छन्। प्रकृतिको आधारमा विश्लेषण गर्दा भुटानमा कुल सहकारीको आधा भन्दा बढी अर्थात ५२ प्रतिशत संख्या पशुपालन सहकारीको रहेको छ। यसैगरी कृषि र पशुपालन दुबै क्षेत्रमा काम गर्ने सहकारीको संख्या २९ प्रतिशत रहेको छ भने कृषि सहकारी संख्या १० प्रतिशत रहेको छ।

    भुटानमा नेपालको अवस्था भन्दा विपरित बचत तथा ऋण सहकारीको संख्या ६ प्रतिशत मात्र रहेको छ। बाँकी हिस्सा भने बनपैदावर र डेरी सहकारीले ओगटेका छन्।
    सहायक अधिकृत छोमोले भुटानको अर्थतन्त्रमा सहकारीले १९ दशमलव २५ प्रतिशत योगदान दिएको जनाइन्। भुटानले २०२१ मा गरेको राष्ट्रिय स्वयमसेवी पुनरावलोकन (भुटान नेशनल भोलेन्टियर रिभ्यू २०२१ भीएनआर)ले कृषकहरुको समूहसंगै सहकारीलाई दीर्घकालीन विकाल लक्ष्य (एसडीजी)मा भएको शून्य भोकमरी र उचित श्रमको लक्ष्य प्राप्तिका लागि प्रभावकारी माध्यमकोरुपमा अपनाएको उनले बताईन। साथै, सरकारले सहकारीमार्फत दीर्घकालीन कृषि र ग्रामीण रोजगारीलाई जोड दिएको जनाइन्।

    उनले सहकारी अभियानले भुटानमा सदस्य, समाज र राष्ट्रको चौतर्फी रुपान्तरणमा महत्वपूर्ण योगदा दिएको चर्चा गरिन। सहकारी मार्फत किसानहरुले बजारमा सहज पहुँच पाएकाले यसबाट किसानहरुले बजारीकरणका लागि गर्नुपर्ने खर्च बचत हुनुका साथै मूल्य अभिबृद्धिमा समेत सहयोग पुगेको बताइन्।

    उनले भनिन, ‘सहकारीले किसानलाई उचित मूल्यको सुनिश्चितता गर्नुका साथै पारवहन खर्चमा कटौती गरेर ठूलो बजारमा पहुँच पु¥याईदिएका छन् ।’
    यसैगरी उनले भुटानका धेरै सहकारीले प्रशोधन र प्याकेजिङको काम मार्फत सदस्यहरुका लागि थप लाभ सिर्जना गर्दैआएको जनाइन्। उनले कार्यक्रममा भुटानमा सहकारीले हासिल गरेको सफलताको कथा समेत साझेदारी गरिन। उनले पूर्वी भुटानको पेमागाछेल जिल्लाका कृषक समुहमा आवद्ध भएका सदस्यहरुले संचालन गरेको जम्बाला दुग्ध सहकारीले उत्कृष्ट सफलता हासिल गरेको बताइन्।

    सन् २०१७ मा स्थापना भएर २०१९ मा औपचारिरुपमा दर्ता भएको यस सहकारीमा हाल ३८ जना महिला सहित ६९ जना किसान आवद्ध भएको उनले बताइन्। उनका अनुसार यस सहकारीले प्रति महिना १२ हजार १ सय ९५ युस डलर अर्थात १८ लाख ३७ हजार रुपैयाँ आम्दानी गर्नुका साथै सबै खर्च कटाएर ८ सय ५३ युस डलर अर्थात १ लाख २८ हजार ५ सय रुपैयाँ खुद बचत गर्दै आएको छ।

    यो सहकारीले संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई मासिक तलव समेत उपलब्ध गराउने गरेको जानकारी दिइन्। उनले भनिन, ‘हाल यो सहकारीले ३० प्रतिशत जिल्ला भित्र र बाँकी ७० प्रतिशत उत्पादन अन्य जिल्लामा बिक्री बितरण गर्दैआएको छ।’ सामाजिक उत्तरदायित्व बहन गर्दै यस दुग्ध सहकारीले कोभिड–१९ महामारीको समयमा राष्ट्रिय कोषमा समेत योगदान उनले जनाइन्।

    यसैगरी उनले भुटानको मोङ्गर जिल्लामा ९० प्रतिशत महिला सदस्य आवद्ध भएर संचालन गर्दै आएको मोङ्गर कुन्द्रेल न्याम्ले छोग्दे ऋण सहकारीले सदस्यहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरेर आर्थिक समावेशिता प्रवद्र्धन गर्न ठूलो योगदान दिएको चर्चा गरिन्। यसैगरी उनले प्रस्तृतिकरणको क्रममा भुटानका सहकारीमा आवद्ध भएका महिला सदस्यहरुले भोग्दै आएका मुख्य चुनौति बारे सारांशमा जानकारी प्रस्तुत गरिन्।

    उनका अनुसार भुटानका महिला सहकारीकर्मीहरुले सीमित व्यवस्थापन तथा ब्यापारिक सिप, वित्तीय सीमा, यातायात तथा बन्दोबस्तीमा हुने खर्च, मौसम सम्बधी जोखिम, युवाहरुको बसाईंसराई, चर्को बजार प्रतिस्पर्धा लगायतका समस्या व्यहोर्दै आएका छन्।


    अर्थ चाैतारी
  • आइतबार, ७ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट