काठमाण्डौ । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउनदेखि जेठ मसान्त) मा करिब पौने २६ करोड रुपैयाँ बराबरको कण्डम आयात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा नेपालमा ४ करोड १६ लाख ७४ हजार ५ सय १८ पीस कण्डम आयात भएको छ। यस आयातको कुल मूल्य २५ करोड ७९ लाख ३१ हजार रुपैयाँ रहेको छ।
साढे २५ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात हुँदा सरकारले यसबाट मात्र ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
अर्थ चाैतारी ।