logo

२०८३ असार २३, मंगलबार

logo
  • २०८३ असार २३, मंगलबार
  • सेयर धितो कर्जाको सीमा निर्धारण गरिने, ईभी कर्जाको मूल्य अनुपात सहजीकरण

    सेयर धितो कर्जाको सीमा निर्धारण गरिने, ईभी कर्जाको मूल्य अनुपात सहजीकरण

    351
    SHARES
    सेयर धितो कर्जाको सीमा निर्धारण गरिने, ईभी कर्जाको मूल्य अनुपात सहजीकरण

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न विशेष नीतिगत व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक मौद्रिक नीतिमा कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने व्यवस्था गरिएको छ ।



    यस्तै, चेक अनादरका कारण कालोसूचीमा परेर बैंकिङ सेवाको पहुँचमा बाधा पुग्ने अवस्था कम गर्ने, रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने तथा दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने नीति लिइएको छ ।

    मौद्रिक नीतिमा संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गरिने उल्लेख छ । साथै, सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनमा कर्जा-मूल्य अनुपात सहजीकरण गर्ने गरी पनि विशेष नीतिगत व्यवस्था गरिने जनाइएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २३ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट