काठमाण्डौ । सरकारले कैलालीको गेटा अस्पताललाई सहिद दशरथचन्द विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा रूपान्तरण गरेको छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षा पढाउन अस्पताललाई विश्वविद्यालय मातहत राखेको हो। २०७८ सालमा निर्माण सम्पन्न भएको गेटा विश्वविद्यालयमा २०८० कात्तिक १ गतेदेखि अस्पताल सञ्चालनमा छ।
स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी अस्पताल सञ्चालन गरिरहेको थियो। गेटा विश्वविद्यालयमा यस वर्षदेखि नै चिकित्सा शिक्षा पढाउन सुरु गर्ने सरकारी योजना छ।
यस्तै सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली स्वीकृत गरेको छ। ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ पारित गरेको छ।
अर्थ चाैतारी ।