logo

२०८३ असार २४, बुधबार

logo
  • २०८३ असार २४, बुधबार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार पठाइयो

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार पठाइयो

    26
    SHARES
    नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार पठाइयो

    काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।



    पुर्पक्षका लागि केन्द्रीय कारागारमा थुनामा रहेका थापाले सफाइ पाएका थिए । उनले सफाइ पाए पनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेकाले अख्तियार पठाइएको सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंले बताए ।

    ‘सफाइ पाएपछि अब हाम्रोमा उहाँ रहनुहुन्न । अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेका त्यहाँ पठाएका छौं । अब छुट्दा त्यतैबाट छुट्नु हुन्छ,’ चापागाईंले भने ।


    अर्थ चाैतारी
  • बुधबार, २४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट