logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?

    गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?

    663
    SHARES
    गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?

    काठमाण्डौ । जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था जुनसुकै समयमा बिग्रन सक्ने वीर अस्पतालले जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालीको स्वास्थ्य अस्थिर रहेको र जुनसुकै समयमा थप विग्रन सक्ने जानकारी दियो ।



    ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।’ अनुहारमा आगो लागेर स्वास प्रश्वासमा असर गरेपछि बिरामीलाई जोगाउन जटिल हुने भए पनि आफूहरूको प्रयास जारी रहेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिए ।

    वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको छ । वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् ।

    बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट