डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ छल बस्ने ३२ वर्षीय बिष्णु लाल रोकाय र ४२ वर्षीय भक्ती चन्द्र रोकाय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले दुनैबाट छलतर्फ जाँदै गरेको भे१३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्थ चाैतारी ।