logo

२०८३ साउन १, शुक्रबार

logo
  • २०८३ साउन १, शुक्रबार
  • दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ को सुरुवात, नेपाल र भारतमा सेवा विस्तार

    दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ को सुरुवात, नेपाल र भारतमा सेवा विस्तार

    26
    SHARES
    दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ को सुरुवात, नेपाल र भारतमा सेवा विस्तार

    काठमाण्डौ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ (Veel) ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ । यससँगै कम्पनीले दक्षिण एसियाली बजारमा उपस्थिति विस्तार गर्दै व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूलाई एउटै प्लेटफर्ममा जोड्ने कार्यको सुरुवात गरेको हो ।



    ‘भिल’ ले व्यवसाय र क्रिएटरबीचको सहकार्यलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत प्लेटफर्म उपलब्ध गराएको छ । यसमार्फत व्यवसायहरूले उपयुक्त क्रिएटर खोज्न, क्याम्पेन सञ्चालन गर्न, भिडियो एडिटिङ तथा स्वीकृति दिन, भुक्तानी व्यवस्थापन गर्न र कन्टेन्टको अधिकार सुरक्षित गर्न सक्नेछन् । यो सुविधासँगै नेपाल र भारतका क्रिएटरहरूले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

    काठमाण्डौमा आयोजित औपचारिक शुभारम्भ कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, क्रिएटर, व्यावसायिक तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

    कार्यक्रममा भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीप ढकालले नेपाल र भारतमा गरिएको यो सुरुवात दक्षिण एसियाको क्रिएटर अर्थतन्त्र (क्रिएटर इकोनोमी) को भविष्य निर्माण गर्ने दीर्घकालीन प्रतिबद्धता भएको बताए ।

    “यो क्षेत्र लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूको घर हो, जसले विश्वस्तरीय प्रविधिमार्फत सहकार्य गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्छ,” सीईओ ढकालले भने, “भिलमार्फत हामी यिनै सम्भावनालाई जोड्ने पूर्वाधार निर्माण गर्दै छौँ, जसले क्रिएटरहरूलाई दिगो करियर निर्माण गर्न र व्यवसायहरूलाई प्रामाणिक कन्टेन्टमार्फत आफ्नो विकासलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्नेछ ।”


    अर्थ चाैतारी
  • शुक्रबार, १ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट