logo

२०८३ साउन १, शुक्रबार

logo
  • २०८३ साउन १, शुक्रबार
  • बजाज चेतकको थप दुई ईभी मोडल नेपाल आउँदै

    बजाज चेतकको थप दुई ईभी मोडल नेपाल आउँदै

    429
    SHARES
    बजाज चेतकको थप दुई ईभी मोडल नेपाल आउँदै

    काठमाण्डौ । नेपाली बजारमा बजाज ईभी चेतका दुई नयाँ मोडल भित्रिने भएको छ।



    नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी२५०१ र चेतक सी३५०३ ल्याउने भएको हो। बजाज यी दुई नयाँ ईभी आगामी भदौमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ।

    चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ। यसमा २.५ किलोवाट आवरको ब्याट्री रहेको छ। जसले फुल चार्जमा ११३ किलोमिटरको आईडिसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर छ। चेतक सी२५०१ फुल चार्ज हुन ४ घण्टा लाग्छ।

    अर्कोतर्फ, चेतक सी३५०३ लाई भने प्रिमियम मोडल रहेको छ। ३.५ किलोवाट आवको ब्याट्रीले १५३ किलोमिटरसम्मको आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, १ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट