logo

२०८३ साउन ४, सोमबार

logo
  • २०८३ साउन ४, सोमबार
  • होण्डा कारको ‘निःशुल्क एयरब्याग सेफ्टी रिकल’, सन् २००१ देखि २०१४ सम्मका मोडेल प्रभावित

    होण्डा कारको ‘निःशुल्क एयरब्याग सेफ्टी रिकल’, सन् २००१ देखि २०१४ सम्मका मोडेल प्रभावित

    793
    SHARES
    होण्डा कारको ‘निःशुल्क एयरब्याग सेफ्टी रिकल’, सन् २००१ देखि २०१४ सम्मका मोडेल प्रभावित

    काठमाण्डौ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्ना पुराना मोडेलका गाडीहरूका लागि ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ। ग्राहकवर्गको सुरक्षा र यात्रालाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले केही पुराना मोडेलका कारहरूको एयरब्याग (एसआरएस एयरब्याग इन्फ्लेटर) मा देखिन सक्ने प्राविधिक एवं सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो विशेष अभियान अघि बढाएको हो।

    विश्वव्यापी रूपमा सवारीसाधनको सुरक्षा मापदण्डलाई सुदृढ बनाउने अभ्यासअनुरूप नेपाली बजारमा गुडिरहेका निश्चित ब्याचका कारहरूलाई लक्षित गरी यो मर्मत सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। यस सुरक्षा रिकल अभियानबाट विशेष गरी निर्माण वर्ष सन् २००१ देखि सन् २०१४ सम्म उत्पादन भएका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्।

    कम्पनीका अनुसार नेपालमा समेत लोकप्रिय रहेका सिटी, सिभिक, सिआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका कारहरू यस अभियानको दायराभित्र पर्दछन्। आफ्ना ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले डिजिटल प्रणालीको समेत व्यवस्था गरेको छ, जसअनुसार गाडीधनीहरूले होण्डाको आधिकारिक वेबसाइटमा गएर आफ्नो गाडीको चेसिस वा भिन (VIN) नम्बर प्रविष्टि गरी उक्त सवारी रिकल अभियानमा परे वा नपरेको आफैं सजिलै जाँच गर्न सक्नेछन्।

    अभियानअन्तर्गत पहिचान भएका वा प्रभावित सूचीमा परेका गाडीहरूको एयरब्यागको सुक्ष्म प्राविधिक जाँच गरिनेछ। जाँचका क्रममा आवश्यक देखिएमा एयरब्यागको मर्मत गर्ने वा इन्फ्लेटर (ब्याग फुलाउने प्रणाली) पूर्ण रूपमा परिवर्तन गरिने र सोबापत ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले स्पष्ट पारेको छ। सवारीसाधनमा सुरक्षाको संवेदनशीलता उच्च रहने र यात्राका क्रममा हुनसक्ने सम्भावित भवितव्य वा जोखिमबाट जोगिन यो प्राविधिक सुधार अनिवार्य रहेकाले गाडीधनीहरूलाई कम्पनीले बेलैमा सचेत हुन आग्रह गरेको छ।

    कम्पनीले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ढिलाइ नगरी नजिकैको होण्डाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क राखी आफ्नो गाडीको एयरब्याग परीक्षण गराउन विशेष अनुरोध गरेको छ। सर्भिस बुकिङलाई व्यवस्थित बनाउन र ग्राहकको सोधपुछलाई सम्बोधन गर्न कम्पनीले आफ्ना सर्भिस सेन्टरहरूमा विशेष टोल-फ्री तथा सोझै कल गर्न सकिने सम्पर्क नम्बरहरू र इमेल सञ्चारको समेत प्रबन्ध मिलाएको छ, जसका माध्यमबाट ग्राहकले प्राविधिक टोलीसँग समय लिई विनाझन्झट यो सेवा लिन सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, ३ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट