logo

२०८३ साउन ४, सोमबार

logo
  • २०८३ साउन ४, सोमबार
  • टेकुमा गोली चल्यो, एक जना घाइते

    टेकुमा गोली चल्यो, एक जना घाइते

    780
    SHARES
    टेकुमा गोली चल्यो, एक जना घाइते

    काठमाण्डौ । राजधानीको टेकुमा गोली चलेको छ । काठमाण्डौ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिकै प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।

    प्रहरीका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमण प्रयास भएपछि प्रहरीले गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएको ब्यूरोका एक अधिकारीले जानकारी दिए ।

    प्रहरीले घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट